गायिका मञ्जु पौडेलले होली पर्वको अवसर पारेर होली विशेष गीत सार्वजनिक गरेकी छिन् । आफ्नै युट्युब च्यानलबाट उनले नयाँ गीत 'पर्व होली' सार्वजनिक गरेकी हुन्। हरेक पर्व र उत्सवहरुमा त्यससँग सम्बन्धित गीतहरु प्रस्तुत गर्दै आएकी मञ्जुले यसपटक नयाँ शैलीको होली गीत ल्याएकी हुन् । लामो समयको अन्तरालपछि यस गीतमा उनले छोरी स्नेहालाई अभिनयमा फर्काएकी छिन्…