त्रिवेणी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित महाराजा थान धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। कावासोती–१, हात्तीखोरमा रहेको यो मन्दिर सेनकालीन समयमा स्थापना भएको मान्यता रहिआएको छ। स्थानीय अग्रजहरूका अनुसार तत्कालीन पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो राज्यको सीमा सुरक्षा र शक्तिपीठका रूपमा यो मन्दिर स्थापना गरेका थिए। महाराजा मन्दिर धार्मिक सेवा समितिका अध्यक्ष…