काठमाडौँ । ‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ आज सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस मनाइँदैछ। सरकारी तथ्याङ्कअनुसार नेपालमा करिब २५ लाख हेक्टर सिँचाइयोग्य जमिनमध्ये हाल करिब १५.८ लाख हेक्टरमा मात्रै सिँचाइ सुविधा पुगेको छ। अझै करिब १० लाख हेक्टर जमिन सिँचाइ सेवाबाट वञ्चित रहेको देखिएको छ। नेपालमा…