काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेपाली बजारमा पन्च डट ईभी भित्र्याएको छ । यही भदौ ११ गतेदेखि सुरु हुने ‘नाडा अटो शो’मा लन्च गर्ने तयारीस्वरुप सिप्रदी ट्रेडिङले पन्च डट ईभी भित्र्याएको हो । यो गाडी हाल कम्पनीले टेस्ट ड्राइभको लागि राखेको छ । पन्च डट ईभी टाटा मोटर्सको चौथो ईभी…