काठमाडौं । चक्रपथ सडक खण्डमा ट्राफिकजामलाई व्यवस्थापन तथा नियन्त्रण गर्न ललितपुरकाे ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम पूरा गर्न ठेकेदार कम्पनीलाई हम्मेहम्मे परेको छ । फ्लाइओभर निर्माणमा कुल लागत भन्दा बढी खर्च आएपछि कम्पनीलाई अहिले उक्त काम सम्पन्न गर्न सकस परेको हो । ठेकेदार कम्पनी आशिष–समानान्तर–रेलिगेर जेलिभर काठमाडौंले निर्माण गरेको उक्त फ्लाइओभरको भौतिक प्रगति पनि सन्तोषजनक छैन…