काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा २,९०० रुपैयाँले घटेर २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य घटबढको प्रभाव नेपाली बजारमा पनि परेको…