काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आजपनि स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै थियो। त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँ कायम भएको छ।…