प्रभु बैंकको आर्थिक वर्ष ०७८/०७९ मा खुदनाफा ५१.१० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा बैंकले २ अर्ब ६० करोड खुदनाफा गरेको छ । अघिल्लो बर्ष बैंकले १ अर्ब ७२ करोड ८ लाख ७५ हजार नाफा आर्जन गरेको थियो । त्यस्तै बैंकको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड ३३ लाख ३२ हजार रुपैयाँ रहेको छ…