उद्योगी मोतिलाल दुगडले ३ अर्ब लगानीमा विराटनगरमा बनाइरहेको सेञ्चुरियन होटल सञ्चालन इन्टरनेशनल होटल चेन र्याडिसनले लिएको छ । सोमवार काठमाडौंस्थित र्याडिसन होटलमा पत्रकार सम्मेलन गर्दै उद्योगी दुगडले विराटनगरमा ३ अर्बको लगानीमा निर्माण गरिरहेको पाँच तारे होटल सेञ्चुरियन सञ्चालनकाे जिम्मा र्याडिसनलाई दिएको बताए । उद्योगी दुगडले प्रदेश-१ मा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाँच तारे होटलसहित एउटै छाना मुनी कर्पोरेट, कमर्सियल, सपिङ…