नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबारमा सहभागी नहुन आग्रह गरेको छ। छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परि क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आवद्ध हुँदा आफ्नो लगानी डुब्ने उच्च जोखिम हुनाको साथै कानुनी समस्या आउन सक्ने भन्दै केन्द्रीय बैंकले सर्वसाधारणलाई सचेत गराएको छ। क्रिप्टोकरेन्सी सम्बन्धी जानकारी दिन मंगलबार गभर्नरको कार्यालयले सूचना जारी…