कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दूध उत्पादनमा आत्मनिर्भर बन्ने बताएकी छिन्। विश्व दूध दिवसका अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले मङ्गलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा मन्त्री अर्यालले प्रतिव्यक्ति ११ लिटर दूध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पुरा गर्ने बताइन्। मन्त्री अर्यालले दूग्ध र डेरी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेट आएकोसमेत बताइन्।…