कोभिड-१९ महामारी नियन्त्रणका लागि सरकारले गए रातिदेखि मुलुकको आन्तरिक उडान स्थगन गरेको छ। अन्तर्राष्ट्रिय उडान वैशाख २३ गते रातिदेखि स्थगित गरिनेछ। यस्तो हवाई उडान नेपाल र भारतबीच हुनेछ। दुई देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । मन्त्रिपरिषद्को गत आइतबार…