सडक सञ्जालसँग जोडिन बाँकी रहेको देशको एकमात्रै जिल्ला सदरमुकाम हुम्लाको सिमकोट चालु आर्थिक वर्षमा पनि सडक सञ्जालमा नजोडिने भएको छ । सडक विभागका अनुसार अहिलेको गतिमा काम हुँदा सिमकोटमा सडक पुग्न अझ दुई वर्षभन्दा बढी समय लाग्ने देखिएको हो । कर्णाली करिडोरअन्तर्गत सो राजमार्गमा सडक विभाग र नेपाली सेना दुवैले निर्माणको काम गरिरहेको छ ।…