काठमाडौं ।मध्यपहाडी (पुष्पलाल) लोकमार्गका विभिन्न खण्डमा रहेका ‘एलाइनमेन्ट’ को समस्या हटेको छैन । कतै अरु मन्त्रालयका योजना त कतै पहिले एकातिरबाट डिजाइन भए पनि स्थानीयवासीले अर्कातिर सडक लैजान माग गरेपछि एलाइनमेन्टको समस्या हट्न नसकेको हो ।राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त आयोजना र मध्यपहाडी लोकमार्ग खप्टने (एउटै ठाउँमा पर्ने) भएकाले कसरी अघि बढ्ने भनी छलफल भइरहेको छ…