काठमाडौं ।होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले होटल क्वारेन्टाइनमा बस्नेलाई सरकारले तोके अनुसारको सेवा सुविधा उपलब्ध नगराए कारबाही गरिने बताएका छन् ।महासंघले होटल क्वारेन्टाइनहरुको नियमित अनुगमन गर्ने र सरकारले तोकेको मापदण्ड अनुसार सुविधा नदिए सम्बन्धित होटललाई कारबाही गरिने शाहले बताएका हुन् ।अनुगमनका लागि महासंघले कार्यकारी महासचिव शेरबहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरेको…