काठमाडौं ।चीनबाट विश्वभरी फैलिएको कोरोना भाइरसका कारण विश्वका अधिकांश मुलुकहरुको अर्थतन्त्र शिथिल बनेको छ । कोरोनाका कारण विश्वका मुलुकहरुमा पर्यटन उद्योग व्यवसाय, रेमिट्यान्स, वैदेशिक लगानी, सहायता तथा आन्तरिक वितरण प्रणालीमै असर परेको छ । जसका कारण अर्थतन्त्र जरजर अवस्थामा पुगेको छ । ती मुलुकहरुले आफ्नो अर्थतन्त्रलाई कसरी पुनर्उत्थान गर्न सकिन्छ भन्ने प्रयास गरिरहेका छन् ।…