काठमाडौँ ।नेपाल टेलिकमले आफ्नो स्थापनाको १६ औं बार्षिकोत्सव बुधबार विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमले पूर्व योजना बमोजिम नै ठूला आयोजना कार्यान्वयनमा प्राथमिकता दिएको तथा एक वर्षको अवधिमा फोरजी मोबाइल सेवा ७७ वटै जिल्लामा विस्तार गरेकोमा सन्तोष व्यक्त गरे ।…