काठमाडौंचालू आर्थिक वर्ष ०७४, ७५ का लागि प्रदेश सरकारहरूले बजेट बनाउन सुरु गरेका छन् । आर्थिक वर्ष सकिन चार महिना भन्दा कम समय रहेको अवस्थामा प्रदेशहरूले संघीय बजेटबाट छुट्याइएको समानीकरण अनुदानलाई मात्र समेटेर बजेट बनाउँदै छन् । अर्थ मन्त्रालयका अनुसार प्रदेशहरूले चैत मसान्तसम्म संसदमा पेस गर्ने योजना सहित सबै प्रदेशमा चालू आवको बजेट बनाउने काम सुरु भइसकेको…