काठमाडौं, ३ पुस । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेडबीच हकप्रद सेयर निष्काशन सम्बन्धी सम्ंझौता भएको छ । गत असोज १० मा सम्पन्न आइएमइ जनरल इन्स्योरेन्सको २० औं बार्षिक साधारण सभाको निर्णय अनुसार १० सेयर बराबर ८ सेयरका दरले हकप्रद सेयर जारी गर्नका लागि ग्लोबल आइएमइ क्यापिटलसंग आज सम्झौता भएको हो ।…