काठमाडौं । मुलुकको सबैभन्दा पुरानो रसुवाको लाङटाङ चिज उत्पादन केन्द्र धरासायी अवस्थामा पुगेको छ । विशेषगरी याकचौरीको दुधमार्फत चिज उत्पादन गर्दै आइरहेको केन्द्रमा दूध नै आउन छाडेपछि कारखाना बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ । एसियाकै सबैभन्दा पुरानो चिज उत्पादन केन्द्र मानिएको कारखाना १९५२ मा स्थापनामा भएको हो । स्वीस नागरिक टोनी हेगेनको पहलमा रसुवाको क्यान्जेनमा…