काठमाडौं । शिक्षा ऐनको माग गर्दै सुरु भएको शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन आज पनि जारी छ । नेपाल शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि आन्दोलनमा रहेका शिक्षकहरू आज १९औं दिन पनि सडकमा उत्रिने भएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई मध्यनजर गर्दै आज आन्दोलन चाँडै सुरु हुने बताइएको छ । महासंघले आन्दोलनमा सहभागी शिक्षकहरूलाई…