रामेछाप । रामेछापमा विद्यार्थीलाई विद्यार्थीहरू नै व्यावसायिक सिप सिकाउन लागेका छन् । जिल्ला सदरमुकाम मन्थली लगायतका विभिन्न क्याम्पस तथा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी अनेरास्ववियु रामेछापले व्यावसायिक सिपका कार्यक्रम सञ्चालन गरेको संगठनका जिल्ला अध्यक्ष पुष्कर भट्टराईले जानकारी दिए । विभिन्न सरकारी तथा सामाजिक संस्थाहरूसँग सहकार्य गरेर अनेरास्ववियुले मागका आधारमा विद्यार्थीहरूका लागि तालिम सञ्चालन गरिरहेको…