काठमाडौं । शैक्षिक परामर्शदातृ संस्थाहरुको छाता संगठन इक्यानका अध्यक्ष शेषराज भट्टराईले विदेश अध्ययनमा गएका विद्यार्थीहरुलाई स्वदेश फर्काउन सरकारसँग स्पष्ट नीति नभएकोमा चिन्ता व्यक्त गरेका छन्। इक्यानद्वारा काठमाडाैंमा आयोजित एडुक्लेभ ३.० कार्यक्रममा अध्यक्ष भट्टराईले विदेश गएका विद्यार्थीहरु देशका लागि ‘सफ्ट पावर’ भएको उल्लेख गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई देश विकासमा प्रयोग गर्न सरकारले…