प्रधानाध्यापकले कुट्दा विद्यार्थीको दाँत झर्‍यो

बागलुङ । प्रधानाध्यापकको कुटाइबाट एक छात्र घाइते भएका छन्। बागलुङ नगरपालिका-१४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत १६ वर्षीय कुशल पौडेल घाइते भएका हुन्।कुटाइका कारण कुशलको अगाडिको माथिल्लो दाँत खसेको उनका बाबु प्रेमप्रसाद शर्मा पौडेलले जानकारी दिए। अतिरिक्त गणित विषय पढाउने प्रअ गौतमले कुशलले नजानेको निहुँमा बेहोस नहुन्जेलसम्म कुटपिट…

Logo