काठमाडौं। अभिनेत्री मिरुना मगर यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’मा ‘जुनकिरी’ चरित्रमा देखिँदैछिन्। मिरुनाको भनाइमा उनले निभाएको यो चरित्र उनको चलचित्र करियरकै अहिलेसम्मको फरक चरित्र हो। उनलाई यो चलचित्रमा थारु गेटअपमा दर्शकले हेर्न पाउनेछन्। जुनकिरी चरित्रमा अभिनय गरिरहँदा मिरुनाले समाजका धेरै पात्रहरूको प्रतिनिधित्व गरेको अनुभव भएको स्मरण गर्छिन्। ‘जुनकिरी एकदमै स्वतन्त्र र आफ्नै…