त्रिपुरेश्वरस्थित कौशी थिएटरमा नाटक ‘त्रयम्’ मञ्चन हुने भएको छ। दीलिप रानाभाटको लेखन तथा निर्देशन रहेको नाटक आउँदो १२ गतेदेखि मञ्चन हुने भएको हो। नाटक थिएटर भिलेजले निर्माण गरेको हो। थिएटर भिलेजले हालसालै ‘पल्पसा क्याफे’ र ‘दि कन्फेसन’ जस्ता नाटक निर्माण गरेको थियो। निर्देशक दीलिप रानाभाटले नाटक एकवर्ष पहिला किङ्स कलेजमा पढाउने सिलसिलामा तयार गरेको बताए।…