भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका ४०० जनरल बेड निःशुल्क गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो । अस्पतालका प्रवक्ता बरिष्ठ फिजिसियन डा गोविन्द कँडेलले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी अस्पतालले निःशुल्क शय्या उपलब्ध गराउन सुरु गरेको जानकारी दिए। उनले क्रिटिकल केयर (आईसीयू, सीसीयू, पीआईसीयू, एनआईसीयू), पोष्टअपरेटिभ वार्ड, क्याबिन, एचडीयु,…