मनाङ र लमजुङलाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ । मंगलबार मनाङलाई गण्डकी प्रदेशकै पहिलो र बिहीबार लमजुङलाई दोस्रो जिल्लाको रुपमा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो ।बिहीबार सदरमुकाम बेसीसहरमा आयोजित एक कार्यक्रमका बीच लमजुङलाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिकामा समावेश भएका सबै खोप, सबै बालबालिकाले लगाएकाले…