सैजन, सहिजन अथवा सजिवन मधेश प्रदेशमा अग्ला रूखमा लामा लामा बोडी आकारको तरकारी खान मिल्ने एक प्रकारको रूख हो । नेपाली भाषामा कतै कतै शीतल चिनी भनेर चिनिने यो वनस्पतिलाई संस्कृतमा सोभञ्जन, शिग्रु र तीक्ष्णगन्धा आदि नामले पनि बोलाउने गरिन्छ । सजिवनले मान्छेको शिरदेखि पाउसम्म उपचार गर्न सक्ने औषधीय गुण बोकेको हुन्छ । नेपालमा सहजै…