काठमाडौं। आधुनिक चिकित्सा पद्धतिसँगै प्राकृतिक विधिबाट पनि स्वास्थ्य उपचार सम्भव हुने दाबी गरिएको छ। राष्ट्रिय समाचार समिति (रासस) को ६५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘ध्वनि चिकित्सा’ सम्बन्धी कार्यक्रममा ध्वनि चिकित्सा अभ्यासबारे प्रस्तुति दिइएको थियो। कार्यक्रममा ध्वनि चिकित्सा अभ्यासकर्ता राजाराम पाण्डेले ध्वनिलाई ब्रह्माण्डीय ऊर्जाका रूपमा व्याख्या गर्दै यसको प्रभाव शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक पक्षमा पर्ने…