काठमाडौँ। श्वासप्रश्वाससम्बन्धी बिरामीलाई विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्यले ललितपुर महानगरपालिका–१३ मानभवनमा ‘नेसनल चेष्ट सेन्टर’ सञ्चालनमा आएको छ । श्वासप्रश्वास (छाती) सम्बन्धी रोग बढ्दै गएको सन्दर्भमा एकीकृत सेवा दिने केन्द्र स्थापना गरिएको जनाइएको छ । सेन्टरबाट फोक्सोको कार्यक्षमता परीक्षण, डिजिटल एक्स–रे तथा अन्य इमेजिङ सुविधा, एलर्जी र दम परीक्षण, सिओपिडी, दम, क्षयरोग तथा अन्य दीर्घकालीन श्वासप्रश्वास…