काठमाडौं।काठमाडौं उपत्यकामा वायु प्रदूषणको मापक उच्च भएपछि स्वास्थ्य मन्त्रालयले मर्निङ वाक नगर्न र घर बाहिर ननिस्कन सर्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।“केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेको छ,” विज्ञप्तिमा भनिएको छ , “यसले श्वासप्रश्वासमा कठिनाई लगायत विविध…