काठमाडौँ, १८ साउन । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुक पुगी अलपत्र परेका नेपाली कामदारको उद्धार कार्यमा परराष्ट्र मन्त्रालयले सक्रियता बढाएको छ । विदेशी भूमिमा अलपत्र नेपालीलाई उद्धार गर्ने क्रममा नुवाकोट जिल्ला पञ्चकन्या–४ थप्रेककी ४८ वर्षीया सीता तामाङ नेपाल आइपुग्नुभएको छ । एक वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा उहाँ कुवेत पुग्नुभएको थियो । आफूलाई नेपाल फर्काउन गरिएको पहलप्रति खुशी…