सप्तरी, २३ साउन । सप्तरीको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि दैनिक विभिन्न रोगका बिरामीको सङ्ख्या एकातिर बढ्दै गएको छ भने अर्कोतिर चिकित्सकको अभावले अस्पतालमा उपचारको समस्या बढ्दै गएको छ । बढ्दो गर्मी र बाढीको कारण रुघाखोकी, ज्वरो, पखाला, टाइफाइड, हातखुट्टा दुख्ने जस्ता बिरामी दिनहुँ अस्पतालमा उपचारका लागि आउने गरेको तर दरबन्दीअनुसार चिकित्सक…