काठमाडौं, १६ साउन । काठमाडौं उपत्यकाको ट्राफिक समस्या समाधान गर्न सरोकारवाला सबै पक्षको सहयोग र सहकार्यको खाँचो औँल्याइएको छ । उपभोक्ता हित संरक्षण मञ्चको आयोजनामा आज महानगरीय ट्राफिक प्रहरी महाशाखामा भएको छलफलमा वक्ताहरुले दिनदिनै चुनौतीपूर्ण बन्दै गएको उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सडक व्यवस्थापनसम्बन्धी जनचेतनालाई अभियानकै रुपमा लैजानुपर्ने सुझाव दिनुभयो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको सवारी…