म्याग्दी । धवलागिरि गाउँपालिका–४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको हुँदा भैँसीको घुम्तीगोठ लिएर लेकबेँसी गर्नुपर्ने जिम्मेवारी आइलाग्यो । साथीहरूसँगै भर्ती हुने रहरले भारतीय सैनिक छनोट भएर पनि पल्टन नगए पूर्णबहादुर त्यही भैँसी गाोठमा ५७ बर्ष विताइ सके । “हजुरबुबा र बुबाले सेनाको जागिरभन्दा भैँसी पाल्दा राम्रो हुने भनेर गोठको जिम्मा लगाएपछि नकार्न नसकेर जङ्गल पसेँ…