बेँसीसहर, (लमजुङ), ११ साउन । लमजुङ जिल्ला अदालतबाट फैसला भएका मुद्दामा ४२९ वर्ष, आठ महिना २५ दिन कैद भुक्तान गर्न बाँकी रहेको छ । न्यायाधीश अर्जुन अधिकारीका अनुसार अघिल्लो वर्षसम्म अदालतमा चार सय ७७ वर्ष ११ महिना १५ दिन कैद लगत बाँकी रहेकामा गत आर्थिक वर्षमा ४९ वर्ष, दुई महिना २५ दिन कैद असुल भएको थियो…