साहित्यकार घनश्याम पथिकको उपन्यास ‘छुई’ सार्वजनिक

साहित्यकार घनश्याम पथिकको उपन्यास ‘छुई’ सार्वजनिक भएको छ। मण्डला नाटकघरमा आयोजना भएको लोकार्पण समारोहमा मनोज गजुरेल, ऋचा शर्मा र शृङ्खला खतिवडाले उपन्यास विमोचन गरेका हुन्।  रजस्वलालाई केन्द्र बनाएर लेखिएको उक्त उपन्यासमा रजस्वलाको पीडा र चलनलाई वर्णन गरिएको छ। उपन्यासकार पथिकको ‘छुई’ दोस्रो उपन्यास हो। यसभन्दा अगाडि उनको ‘युनिका’ उपन्यास प्रकाशित भएको थियो।  मनोज गजुरेलले सहजीकरण…

Logo