काठमाडौं । अर्थशास्त्री हरि रोकाद्वारा लिखित ‘वैकल्पिक अर्थतन्त्र’ आजदेखि बजारमा आएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा विमोचन भएसँगै उक्त पुस्तक बजारमा आएको हो । पुस्तक विमोचनपछि त्यसको समीक्षा पनि भएको थियो । त्यस अवसरमा लेखक रोकाले राजनीतिक वृत्त, नीति निर्माता, बौद्धिक जगत् र समग्र समाजबीच नेपालको अर्थ–राजनीतिबारे वैकल्पिक बहस आवश्यक भएकाले पुस्तक तयार पारेको…