साहित्यिक पत्रकार संघ र ॐ आदि फाउन्डेसनको संयुक्त आयोजनामा शनिबार काभ्रेको पनौतीस्थित कुशादेवीमा निर्माणाधीन आदित्य मोक्षधामको अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चालिसभन्दा बढी साहित्यकार एवं पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै ॐ आदि फाउन्डेसनका संयोजक क्याप्टेन रामेश्वर थापाले बालगुरु आदित्यबाट युग परिवर्तनका लागि मानव जगतलाई चेतना फैलाउने काम भएको बताए…