काठमाडौं । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको सांस्कृतिक र वातावरणीय महत्त्वलाई दीर्घकालीन रूपमा सुरक्षित राख्ने उद्देश्यले सर्वोच्च अदालतले चारबुँदे परमादेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको रिटमाथि न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलाशले बुधबार दिएको आदेशअनुसार लुम्बिनी क्षेत्र वरिपरिको १५ किलोमीटरभित्र रहेका प्रदूषण उत्सर्जन गर्ने उद्योग दुई वर्षभित्र बन्द…