काठमाडौं । प्रतिपक्षी सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिती माग गर्दै संसद अवरुद्ध गरेपछि नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए ।…