बाजुरा । बाजुरामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तर पुस्तिका परीक्षण कार्य परीक्षा केन्द्रमै धमाधम जाँच्ने कार्य चलेको छ । नेपालको शैक्षिक इतिहासमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनको गतिलाई सुधार गर्ने उद्देश्यले ल्याइएको नयाँ व्यवस्था बाजुरामा समेत सफलतापूर्वक कार्यान्वयनमा आएको हो । ‘माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन,व्यवस्थापन तथा उत्तर पुस्तिका परीक्षण निर्देशिका, २०८२’ लागू…