काठमाडौँ । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन निजी क्षेत्रका सञ्चारमाध्यमलाई नदिने निर्णय तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री बालेन्द्र साहलाई ज्ञापनपत्र बुझाएको छ । महासंघले बिहीबार सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सो निर्णय संविधान, कानुन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविपरीत भएको दाबी गरेको छ । महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारले जारी गरेका…