काठमाडौँ । नेपाली कांग्रेस ले केन्द्रीय कार्यसमितिको बैठक भोलि (मंगलबार) बोलाएको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार बैठकमा हालै सम्पन्न निर्वाचनबारे विस्तृत समीक्षा गरिनेछ। सोमबारमात्र सकिएको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाले पेश गरेको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो। साथै, निर्वाचनको प्रारम्भिक समीक्षा पनि गरेको…