काँक्रेविहार। सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ मा फोहर प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकार र भेरीगङ्गा नगरपालिकाको संयुक्त लगानीमा निर्माण भइरहेको केन्द्रको अधिकांश काम सम्पन्न भइसकेको छ । नगरप्रमुख यज्ञप्रसाद ढकालका अनुसार भेरीगङ्गा, लेकबेँसी र गुर्भाकोट नगरपालिकाको फोहर एकै ठाउँमा प्रशोधन गर्ने लक्ष्यसहित केन्द्र निर्माण गरिएको हो । हालसम्म लेकबेँसी नगरपालिकासँग मात्र सम्झौता…