काठमाडौँ। एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा कलाकार राजकुमार विकले चित्रकलामार्फत सहअस्तित्वको सन्देश प्रस्तुत गरेका छन्। नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सभाहलमा ‘सहअस्तित्व’ शीर्षकको एकल प्रदर्शनी सुरु गरिएको हो। प्रदर्शनीमा राखिएका ३५ कलाकृतिमा दलित समुदायको जीवन, श्रम, पीडा र संघर्षलाई रङ र आकृतिमार्फत जीवन्त रूपमा प्रस्तुत गरिएको छ। चित्रहरूले जातीय विभेदविरुद्ध सशक्त आवाज उठाएको…