काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणले नेपाली कांग्रेसभित्रको अन्तरविरोध खुला रूपमा सतहमा ल्याएको छ । एउटै घटनामा पार्टीका दुई शक्तिशाली धारले फरक–फरक बाटो रोजेका छन् । सभापति गगन थापा नेतृत्वको नेपाली कांग्रेसले सरकारको कदमलाई ‘सेलेक्टिभ’ भन्दै आलोचना त गरेको छ, तर तत्काल आन्दोलन वा सडक संघर्षमा नजाने स्पष्ट रुपमा बताएको…