काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको सातौं खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको यो खेलमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन जोड्यो । यो लक्ष्य कर्णालीका…