काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौं खेलमा चितवन राइनोजले लुम्बिनी लायन्ससामू मध्यम लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन जोडेको हो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ६६ रन को योगदान दिए। उनले ५५ बल खेल्दै ४ चौका…